Bisal Chautari Logo

भ्रष्टचारको आरोपमा उपचसविव र शाखा अधिकृत पक्राउ

- १३ पुष २०७४, बिहीबार ११:०१ मा प्रकाशित


Arrested and branch officer arrested on charges of corruption
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १३ बिहिबार । यातायात व्यवस्था कार्यालय सुकेधाराका उपचसविव र शाखा अधिकृत पक्राउ परेका छन् । विदेशी लाइसेन्स नेपालीकरणको नाममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो ।
यातायात कार्यालय सुकेधाराबाट ८ महिनामा २६ सय लाइसेन्स नेपालीकरण भएका थिए। नक्कली कागजपत्रका आधारमा लाइसेन्स नेपालीकरण गरिएको थियो। जसमा करिब १० करोड रुपैयाँ घुस लेनदेन भएको विभागकै आन्तरीक छानबिनमा खुलिसकेको छ।

प्रतिक्रिया