Bisal Chautari Logo

चक्लेट खाने आशामा ५ बर्षे बालिका भइन् बलात्कृत, बलात्कार गर्ने १० बर्ष जेल चलान

- १३ पुष २०७४, बिहीबार १०:३४ मा प्रकाशित


A 5-year-old girl was raped in hopes of chocolate
विशाल चौतारी समाचार
सिन्धुपाल्चोक,२०७४ पुस १३ बिहिबार । सिन्धुपालचोकमा आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्ने एक ब्यात्तीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायँको फैसला गरेको छ ।गत असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका ११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए ।
                                                                                                                               फाइल फोटो

अदालतले पीडित बालिकालाई ५० हजार रुपैयाँ पीडकबाट क्षतिपूर्त्ति भराउन समेत आदेश दिएको छ । अदालतबाट सजाय पाएका गिरी अपाङ्गता भएका व्यक्ति हुन् ।
बालिकाको गुप्ताङ्ग पाकेपछि धुलिखेल अस्पताल लगेपछि मात्रै उनी बलात्कृत भएको डाक्टरले पुष्टि गरेका थिए । पछि बालिकालाई काउन्सिलिङमा ल्याएर फकाएर सोध्दा गिरीले जबरजस्तीकरणी गरेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया