Bisal Chautari Logo

झगडापछि एक युवा बेपत्ता, मोबाइल र जुत्ता घारीमा भेटियो

- १३ पुष २०७४, बिहीबार १०:०८ मा प्रकाशित


After a fight, a young man disappeared,
विशाल चौतारी समाचार
धनकुटा ,२०७४ पुस १३ बिहिबार । आपसी झगडामा कुटपिट भएपछि एक युवा बेपत्ता भएको छ । धनकुटा खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिकाका एक यूवा बेपत्ता भएको हो ।
पानीटारमा आपसी विवादका कारण २ समूहबीच भएको झगडामा वडा नं। ६ का ३८ वर्षीय प्रदिप राई बेपत्ता भएका छन् ।
बेपत्ता भएका राईसँग रहेका ४ जना र अन्य ८ जनाको समूहबीच बुधबार बेलुका भएको झगडा भएको थियो । झडपपछि बेपत्ता भएका राईको मोबाइल र जुत्ता अम्रिसो घारीमा भेटिए पनि राई बेपत्ता रहेको प्रहरी चौकी थलथलेले जानकारी दिएको छ ।

प्रतिक्रिया