Bisal Chautari Logo

चुल्ठेमुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चले दियो आदेश

- १२ पुष २०७४, बुधबार १३:०० मा प्रकाशित


The order given by the Supreme to not arrest the arrested person
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १२ बुधबार ।  राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ ।यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो ।
प्रहरीले चुल्ठेमुन्द्रेलाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा लवज, भेषभूषा र पहिरनका आधारमा मात्रै मानिसलाई अपराधको सम्भावित कसुरदारका रुपमा व्यवहार गर्न नहुने उल्लेख छ ।
‘जुँगा, कपाल पालेका वा मुन्द्रा लगाएका आधारमा कुनै व्यक्तिलाई पक्राउ र दुव्र्यवहार गर्नु हुँदैन ।’ फैसलाको पूर्ण पाठमा भनिएको छ ।

प्रतिक्रिया