Bisal Chautari Logo

आजको राशिफल : बि.स.२०७४ पौष १२ गते, बुधबार । ईश्वी सन् २०१७ डिसेम्बर २७ तारिख

- १२ पुष २०७४, बुधबार ००:५८ मा प्रकाशित


Today horoscope
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ पौष १२ बुधबार । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष शुक्ल पक्ष । तिथि नवमी ३३ घडी ३० पला,बेलुका ८ बजेर १९ मिनेट उप्रान्त दशमी । नक्षत्र रेवती,३५ घडी १४ पला,बेलुका ९ बजेर ० मिनेट उप्रान्त अश्विनी । योग परिध ४२ घडि ११ पला,रातको ११ बजेर ४७ मिनेट उप्रान्त शिब । करण वालव,बिहान ८ बजेर ४६ मिनेट उप्रान्त कौलव,बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा उत्पात योग । चन्ऽराशि मिन,बेलुका ९ बजे उप्रान्त मेष ।

काठमाडौंमा सूर्योदय ६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर १५ मिनेट जादा । दिनमान २५ घडी ५१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा बिद्यार्थि वर्गहरुले अल्छि गर्नाले चाहेजस्तो सफलता प्राप्त नहुान सक्छ । बिदेसमा बसेर श्रम तथा शक्ति खर्च गर्नेहरुका लागि आजको दिन लाभदायक हुनेछ । यात्राका निम्ति चाहिने कागजातहरु बनाउान सकिनेछ भने कामको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । व्यापारमा समय लगानि गर्नेहरुका लागि बिदेशमा उत्पादन भएका सामानहरुबाट प्रशस्त आम्दानि हुनेछ भने स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दि आउानेछ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा केहि समय अलग हुाने पर्ने बाध्यता आउानेछ ।

शुभ अंक — १,९ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) अनावस्यक ठाउामा खर्च बढ्ने तथा उपलब्धि बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाई लेखाई प्रभावित हुाने तथा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविस्वास सिर्जना हुनेछ भने घर परिवारमा परिवारका सदस्यहरुसित घरायसि कुरामा राय बाजिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुान सक्छ । आर्थिक व्यावस्थापनमा मुद्दाहरु थाति रहनेछन् भने आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्दै हुानुहुन्छ भने केहि समय पर्ख र हेरको रणनिति अपनाउानु होला ।

शुभ अंक — ३,६ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नै मेहनेतले राम्रा तथा परिणाम मुखि कामहरु गर्न सकिनेछ । समयको भरपुर सदुपयोग गरि नोकरि तथा व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । आउने अवसरहरुको प्रयोग गरि दिगो फाईदा हुने कामहरु गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुन सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै चाहेको सफलता प्राप्त गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा पद प्राप्तीको योग रहेकोछ । माया प्रेममा देखा पर्ने शंका तथा अबिश्वासलाई चिर्दै एक अर्का साग नजिक हुने सकिनेछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो योग रहेकोछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुादा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु साग भेटघाट हुनेछ भने नयाा योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउान सकिनेछ । व्यापारमा लगानि गरि प्रशस्त नााफा कमाउान सकिनेछ । माया प्रेममा रमाउान चाहनेहरुका लागि समयले साथ दिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ ।
शुभ अंक — १,५ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सर्व्बिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । समय र कामको तालमेल मिलाउन नसक्दा बिभिन्न अवसरहरु गुम्न सक्छन् ध्यान दिनहोला । अवसरबादीहरुको चंगुलमा परिनेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगीएका रकमहरु फिर्ता हुने छैनन् । जीवन साथि तथा आफन्तसाग मनमुटाब बढ्ने योग रहेकोछ ।

शुभ अंक — ५,९ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) लामो दुरिको व्यावसायिक यात्रा हुाने भए पनि उपलब्धि न्यून हुाने तथा खर्च बढ्ने हुादा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुान सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न अलि बढिनै समय खर्चनु पर्नेछ । काम गर्ने सवालमा ध्यान दिनुहोला आम्दानिका स्रोतहरु एक्कासी बन्द हुान सक्छन् । अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउान सक्छ ख्याल गर्नुहोला ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिष्पर्धिहरुलाई किनार लगाउादै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउान सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउानेछन् । अदालती निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुाने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । पढाईमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउान सकिनेछ । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाा काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम

शुभ रंग — प्याजी कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर मानिसहरुलाई शिक्षित बनाउन सकिनेछ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउान सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुानाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

शुभ अंक — २,९ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसाग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउान सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउान सकिनेछ । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुानाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त साग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुादा आफ्नो काम थाति रहनेछन् ।

शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खेलकुद तथा खेलकुदसाग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउान सकिनेछ । माया प्रेममा नजिक हुाने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । समयको सहि सदुपयोग गरि आर्थिक स्थिति सुदृड बनाउान सकिनेछ । यात्रा गर्दा अलि बढि ध्यान दिए चाहेभन्दा बढिनै सकारात्मक उपलब्धिहरु हात लाग्नेछ । उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउान सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ ।

शुभ अंक — २,६ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोलिको प्रभाब बढ्नुको साथै क्षमता प्रयोग गरि सबैलाई रिजाउन सकिनेछ । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुनेछन् । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सागको सम्बन्धमा नयाा आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई सोचेजस्तै आम्दानि गर्न सकिनेछ भने नयाा नयाा कामको प्रश्ताब आउानेछ ।

शुभ अंक — २,८ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नया नया कामको प्रस्ताब आउनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । कन्भिन्स गर्ने पावर बढ्ने हुानाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दा्नि उत्कृष्ट नतिजा आउादा खुसिले उाचाई नाघ्नेछ । समाजसेवा तथा राजनितिमा समय लगानि गर्न सक्दा भबिश्यको लागी जग बसाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

प्रतिक्रिया