Bisal Chautari Logo

‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमी हेरिमात्र रहँनु’ फेसबुक स्टाटस लेखेर गरिन् पुजाले आत्महत्या

- ११ पुष २०७४, मंगलवार १२:३३ मा प्रकाशित


Suicide succumbed to Puja
विशाल चौतारी समाचार
कञ्‍चनपुरँ ,२०७४ पुस ११ मंगलबार । कञ्‍चनपुर झलारी-१० घर भएकी पूजा धामीले आत्महत्या गरेकी छन् । उनले सोमबार घरमा कोही नभएको बेला विष सेवन गरेकी बताएर आत्महत्या गरेकी हुन्।
उनले बिष सेवन गरेकी आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी अस्पताल ल्याइएको थियो । तर अस्पतालले कोहलपुर रिफर गरेका थिए । कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो तर त्याँह पनि लिन नमानेपछि नेपालगंज लगिएको थियो । नेपालगंजको चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिएका थिए ।
१९ वर्षीय पूजाले फेसबुकमा हिजो अन्तिममा एउटा स्टाटस लेखिकी थिइन् ।  ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमि हेरिमात्र रहँनु’ पूजाले अन्तिम स्टाटस लेखिकी छन् । तर अहिलेसम्मपूजाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।
शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्‍न भएपछि यही पुस ७ गते विदाई पूजा भएर घर फर्किएकी थिइन् ।

प्रतिक्रिया