Bisal Chautari Logo

१४ अंक माथि रहेको बार्सिलोनालाई जित्ने अझै रियलको आशा

- ११ पुष २०७४, मंगलवार १०:३३ मा प्रकाशित


Real Madrid
एजेन्सी ।
काठमाडौँ ,२०७४ पुस ११ मंगलबार ।  रियल म्याड्रिडकले अझै ला लिगा जित्ने आशा आशा रहेको बताएको छ । म्याड्रिडका डिफेन्डर डेनी कार्भाजल भने रियलले अझै लिग जित्न सक्नेमा आशावादी रहेको छ ।
उनले भने ‘हाम्रो टोलीले सकेसम्म प्रयास गर्नेछ , गणितीय सम्भावना रहेसम्म हामी उपाधि जित्ने लक्ष्यका साथ खेल्नेछौं । ‘ ‘हाल १४ अंकको भिन्नता भएपनि हामी यसलाई अन्य समय जस्तै लिनेछौं , हामी हरेक खेल जित्नलाई खेल्नेछौं ‘, उनले बताए । ला लिगा अन्तर्गत शनिबारको खेलमा बार्सिलोनाको गोल गर्ने प्रयासलाई हातले रोकेपछि कार्भाजलले सोझै रातो कार्ड पाएका थिए ।
रियल म्याड्रिड चौथो स्थानमा रहेको छ भने बार्सिलोना पहिलो स्थानमा रहेको छ । रियल म्याड्रिड भन्दा बार्सिलोना १४ अंकले बढी रहेको छ । मा बढेको छ ।

प्रतिक्रिया