Bisal Chautari Logo

सात हजार हेक्टर क्षेत्र बाँझो

- ११ पुष २०७४, मंगलवार ०९:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
कलैया,२०७४ पुस ११ मंगलबार । कलैया । बाराको कूल ६९ हजार ९६३ हेक्टर क्षेत्र कृषियोग्य क्षेत्र रहेकामा ६२ हजार ८२३ हेक्टर क्षेत्रमा मात्र खेती हुने गरेको छ ।
सात हजार १४० हेक्टर क्षेत्र बाँझो रहेको कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले बताउनुभयो । जिल्लामा एक हेक्टर क्षेत्रभन्दा कम जग्गा हुने ९४ हजार ३२४ घरधुरी, एक हेक्टरभन्दा बढी जग्गा हुने १३ हजार ६५६ घरधुरी तथा जग्गा नहुने ६६३ घरधुरी रहेको उहाँले बताउनुभयो ।
सरकारले सामूहिक, करार र सहकारी खेतीको अवधारणा ल्याएकामा त्यससम्बन्धी ऐन कानून नभएकाले घोषित अवधारणा कार्यान्वयन हुन नसकेको बताइएको छ । वन जंगल ५२ हजार ५५९ हेक्टर क्षेत्र, चरन क्षेत्र दुई हजार ९४९ हेक्टर र नदीनाला, पहाड चार हजार ९२ हेक्टर रहेको छ । रासस

प्रतिक्रिया