Bisal Chautari Logo

माओवादीको समानुपातिकबाट को को बन्दै छ १७ सांसद ? (सुचिसहित)

- १० पुष २०७४, सोमबार ११:०९ मा प्रकाशित


17 MP to be proportional to the Maoist
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १० सोमबार । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ ।
माओवादीले केन्द्रले समानुपातिकबाट पाएको १७ मध्ये कम्तिमा १५ सिट महिलाका लागि छुट्याउनु पर्ने भएको छ । दलले जितेको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण माओवादीका ५३ जना सांसद मध्ये न्युनतम १८ जना महिला हुनैपर्छ । प्रत्यक्षतर्फबाट ३ जना महिलाले जितेकाले अब माओवादीले समानुपातिकको १७ जनामध्ये १५ जना महिला पठाउनुपर्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकबाट बन्द सूचिमा रहेका उम्मेदवार निर्वाचित गर्दा क्रमसंख्या अनुसार नै निर्वाचित गर्नुपर्छ ।
माओवादीले समानुपातिकबाट पुरुषमा हितराज पाण्डे, आदिवासी जनजातीबाट सुनिलकुमार मानन्धर, दलितबाट तिलक परियार, थारुबाट रामजी चौधरी, मधेसी कोटाबाट जोगकुमार बरबरिया र मुस्लिम कोटाबाट हकी कुल्लाह मुसलमान रहेका छन् ।माओवादीले समानुपातिकबाट छनौट गर्ने १५ जना महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ । आयोगमा बुझाइएको बन्द सूचीअनुसार यो कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नुहुनुेछ ।
त्यस्तै आदिवासी जनजातीबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने छ । त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ । बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउनुभएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् । थारु वा मुस्लिम कोटाबाट मात्र एक जना छनोट गर्न पाउने भएको छ। रामकुमारी चौधरी वा चाँदतारा कुमारी सांसद बन्नुहुनेछ ।

प्रतिक्रिया