Bisal Chautari Logo

प्रहरी र म्यादी प्रहरीबिच झडप, प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु

- ७ पुष २०७४, शुक्रबार १२:०० मा प्रकाशित


Police and Madi Police Squash
विशाल चौतारी समाचार
कालीकोट ,२०७४ पुस ७ शुक्रवार । कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
म्यादी प्रहरीले तलव कटाइएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो । प्रहरीले चलाएको गोली लागि सान्नी त्रिवेणी गाउँपालिका तिकुवा निवासी विवेक ऐडीको मृत्यु भएको छ । गोली लागेपछि ऐडीलाई जिल्ला अस्पताल पु¥याइएको थियो ।
ऐडीको मृत्यु भइसकेपनि प्रशासनले पुष्टि गर्न नमानेको जानकारी गराइएको छ । जानकारी गराइए अनुसार म्यादी प्रहरीले ढुंगामुढा गरेपछि प्रहरीका तर्फबाट अन्दाधुन्धा गोली प्रहार भएको थियो । प्रदर्शनले उग्र रुप लिदा प्रहरीले लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआउदा प्रहरीले गोली चलाएको छ ।
प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार विदाई भएका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको बताइएको छ । झडपमा अरू पनि घाइते भएको प्रत्यक्षदर्शि समेत रहेका जानकारी गराइएको छ ।

प्रतिक्रिया