Bisal Chautari Logo

छोरी जन्माएपछि सुत्केरी आमा अस्पतालबाटै बेपत्ता

- ७ पुष २०७४, शुक्रबार ११:०४ मा प्रकाशित


Missing from the hospital
विशाल चौतारी समाचार
पर्सा,२०७४ पुस ७ शुक्रवार । शल्यक्रियाबाट छोरी जन्मेपछि बेपता भएकी महिला दुई दिनपछि वारामा भेटिएकी छिन् ।
                                                                                                                             फाइल फाेटाे 

वीरगन्जको नेशनल मेडिकल कलेजबाट सुत्केरी ललितादेवी अस्पतालबाटै हराएको थिइन् । अस्पतालमा उपचारको क्रममा रहेकी ललितादेखी दुई दिनदेखी नवजात शिशुलाई छोडेर वेपत्ता भएकी थिइन ।
बारा प्रहरीको सहायतामा पर्सा प्रहरीले फोला पारेको ललितलाई आफन्ताको जिम्मा लगाइएको छ । सर्लाही, कविलासी नगरपालिका–२ पिपरिया निवासी कृष्णदेवनन्दन मण्डलकी पत्नी ललितादेवी बुधवार रातिदेखि बेपत्ता भएकी थिइन ।
पुुस २ गते अस्पताल भर्ना भएकी ललितादेवीले सोही दिन शल्यक्रियाबाट छोरी जन्माएकी थिइन । तर, किन अस्पतालबाट भागेकी हुन भन्नेबारे अझै पनि खुलेको छैन ।

प्रतिक्रिया