Bisal Chautari Logo

मेसी र रोनाल्डोको भोलि महा भिडन्त

- ७ पुष २०७४, शुक्रबार १०:०० मा प्रकाशित


Messi and Ronaldo
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ७ शुक्रवार ।  रियलका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीको भिडन्तको भोली हुदै छ ।
स्पेनिस ला लिगाअन्तर्गत रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा शनिबार पौने ६ बजे प्रतिस्पर्धा हुने भएको हो । दुवै टिममा रहेका विश्वकै उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा भएकाले चर्च धेरै रहेको छ ।
मेसीले रियलविरुद्ध ३६ खेलमा १६ खेल जितेका छन् भने ८ खेल बराबरीमा सकिएका छन् । रोनाल्डो बार्सिलोनाविरुद्ध २८ खेल खेलेका छन्। २८ मध्ये रियलले १३ खेलमा हारेको छ। ८ खेलमा जित हात पारेको छ भने ६ खेलमा बराबरीमा रोकिएको छ।

प्रतिक्रिया