Bisal Chautari Logo

लोडसेडिङ सुरु भएको भन्ने हल्ला मात्र हो – कुलमान घिसिङ

- ६ पुष २०७४, बिहीबार १२:५८ मा प्रकाशित


The load shedding is just the beginning – Kulman Ghising
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ६ बिहिवार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ सुरु भएको हल्ला निराधार भएको बताएका छन् ।
                                                                                                                                फाइल फाेटाे 

बिहीवार विज्ञप्ति जारी गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँद लागेसँगै खोला तथा नदीमा पानीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आएको बताएका छन् । लोडसेडिङ सुरु भएको हल्लाको खण्डन गर्दै अपुग विद्युत् भारतबाट आपूर्तिको प्रयास भइरहेको र उद्योगमा मात्र तीन घन्टा विद्युत् कटौती गर्नुपरेको जनाउनु उनले जनाएका छन् ।

विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने विद्युतीय उपकरण प्रयोगमा नल्याउन समेत विज्ञप्तिबाट आग्रह गरेका छन् ।

प्रतिक्रिया