Bisal Chautari Logo

श्रीमतीलाई सिन्दुर लगादिए पछि  परिवारै सखाप गरी सुसाइड, सुसाइड नोट यस्ताे छ

- ६ पुष २०७४, बिहीबार १०:४२ मा प्रकाशित


Suicide
एजेन्सी
काठमाडौँ ,२०७४ पुस ६ बिहिवार । भारतको भिलाई स्थित संग्रामचोकमा सोमवार बिहान घरमा एकै परिवारका चार व्यक्तिको सब फेला परेको छ । घटना अनुसार उक्त परिवारको आफ्नै कारण मृत्यु भएको हो ।
एजेन्सी अनुसार श्रीमानले पहिले श्रीमतीको सिउँदोमा सिन्दुर लगाईदिए फेरी दुई बच्चा सहित श्रीमतीको समेत हत्या गरे । त्यसपछी आफै झुन्डिएर आत्महत्या गरे । प्रहरीले घटनास्थलबाट तीन पेजको सुसाइड नोट पनि फेला पारेको छ । जसमा श्रीमानले साथ जिउने९मर्ने कुरा उल्लेख गरेका छन् । घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार मृतकको नाम अशोक चक्रवर्ती हो । घटनास्थलबाट सुसाइड नोट फेला परेको छ । जसमा ३५ वर्षीय युवकले साथै बाच्ने र मर्ने उल्लेख गरेका छन् । उनीहरुले करिव ८ बर्ष अघि प्रेम विवाह गरेका थिए ।
घटनाको जानकारी पाएपछी घटना भएको घरको बाहिर मानिसहरुको भीड लागेको थियो । प्रहरी घटनास्थल पुग्दा एकातिर आमाको साथैमा दुई बच्चाहरुको लास थियो भने आत्महत्या गर्ने युवकको लास हुण्डीएको अवस्थामा भेटिएको थियो ।
श्रीमती र उनको साथमा बच्चाहरु ५ बर्षकी रागिनी र २ बर्षका छोरा सागरको शव ओछ्यानमा भेटिएको थियो । घटना पछी प्रहरीले घटनाको थप छानविन थालेको छ ।
सुसाइड नोटमा के लेखिएको थियो ?
अशोकले आफ्नो श्रीमती र बच्चाको हत्या गरेपछी नाइलनको डोरी मार्फत झुन्डिएका थिए । डायरीको तीन पेजमा उनले सुसाइड नोट पनि लेखे । सुसाइड नोटमा अशोकले श्रीमतिसँग सँगै जिउने र मर्ने बिषय उल्लेख गरेका छन् ।
पहिलो नोटस् ‘घरको कागजात दराजमा छ, पर्समा केहि पैसा छ, रानीको पैसा ठूलो पर्समा छ, बाबा मलाई माफ गरिदिनु, मैले तपाइको साथ दिन सकिन ।
दोश्रो नोटस् ‘जिउनु साथ थियो, मर्नु साथ थियो, हामीले मिलेर यो फैसला लिएका हौँ । यसमा कसैको दोष छैन, यसमा कसैलाई दुस्ख नदिईयोस् ।

प्रतिक्रिया