Bisal Chautari Logo

मृग भनेर गोली ताक्दा महिला घाइते

- ५ पुष २०७४, बुधबार १३:२७ मा प्रकाशित


Women injured
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ५ बुधवार । काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग भनेर गोली ताक्दा एक महिला घाइते भएको छ । आज दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगलमा जाँदा मृग भनेर गोली ताक्दा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएको हो ।
महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिए । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिइसकिएको उनले बताए ।
घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको र घाइतेको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया