Bisal Chautari Logo

विदेश पठाइ दिन्छु भनी २७ लाख ठगी गर्ने पक्राउ

- ४ पुष २०७४, मंगलवार १३:११ मा प्रकाशित


Arrested 27 lakhs to send abroad
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ४ मंगलवार । परेको छ । सोमबार महाराजगंजस्थित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटाइएका प्रहरी टोलीले लम्जुङ तान्द्रङटाक्सार–३ का ४४ वर्षीय हरि बहादुर पाण्डेलाई पक्राउ गरिएको हो ।
उनी वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ कात्तिक ३० गतेको फैसलाले २ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना भई फरार थिए । अदालतको आदेशअनुसार कैद भुक्तानको लागि उनलाई कारागार कार्यालय डिल्लीबजारमा पठाइएको थियो । प्रतिवादी हरि बहादुर पाण्डे समेतले वेल्कम इन्टरनेशनल एजुकेशन फाउण्डेसन प्रा.लिई नामको कम्पनी खोली वैदेशिक रोजगारीमा पठाउने ईजाजत पत्र नलिई, पीडितहरुलाई वैदेशिक रोजगारीको लागि पपुवा न्यूगिनी पठाई दिने भन्दै २७ लाख ४५ हजार रुपैयाँ ठगी गरेर रक फिर्ता नगरी फरार थिए ।

प्रतिक्रिया