Bisal Chautari Logo

महिला मृत अवस्थामा फेला

- ४ पुष २०७४, मंगलवार १०:१७ मा प्रकाशित


Woman found dead condition
विशाल चौतारी समाचार
रुकुम,२०७४ पुस ४ मंगलवार । बाँफिकोट गाउँपालिकामा एक महिला आज मृत अवस्थामा फेला परेको छ ।
                                                                                                                              फाइल फोटो

बाँफिकोट गाउँपालिका– ५ झुलाकी ३६ वर्षीया गीता जैसी घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिप्रसाद ढुङ्गानाले जानकारी दिए ।
मृतक जैसीको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जैसीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया