Bisal Chautari Logo

धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै प्रदशन

- ४ पुष २०७४, मंगलवार १०:०५ मा प्रकाशित


Ask Dhankuta to become the capital of state number 1
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ४ मंगलवार । प्रदेश नम्बर १ को राजधानी धनकुटा माग गर्दै मंगलबार बिहान काठमाडौंमा प्रर्दशन गरिएको छ । राजधानीमा बसोबास गर्दे आाएकाहरुले मंगलबार बिहान जुलुस निकालेको हो ।
                                                                                                                            फाइल फोटो

प्रदेश नं १ को राजधानी धनकुटा बनाउँ भन्दै धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित एमाले नेता राजेन्द्र राई र उद्योगमन्त्री मन्त्री सुनिलबहादुर थापासहित सहभागी थिए ।
लामो समयदेखि प्रशासनिक केन्द्र रहँदै आएको सुरक्षित र शान्त वातावरण, सबै जिल्लासँग सडक जोडिएको र विमानस्थनल निर्माणधीन रहेको जनाउँदै धनकुटालाई राजधानी बनाउन माग गरेका हुन् ।
प्रर्दशनपछि प्रधानमन्त्री कार्यलयमा ज्ञापन पत्र समेत बुझाइएको छ । प्रदेशको अस्थायी राजधानीका लागि विराटनगर, धरान, इटहरी र धनकुटा चर्चामा छन् ।
वि.सं. १९४० देखि प्रशासनिक गौंडा हुँदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटालाई प्रादेशिक राजधानी बनाउन उपयुक्त हुने बताइएको छ ।

प्रतिक्रिया