Bisal Chautari Logo

चिनियाँ राष्ट्रपति नेपाल आउदै

- ४ पुष २०७४, मंगलवार ०९:१६ मा प्रकाशित


Chinese President arrives Nepal
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ४ मंगलवार । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । माओवादीका एक नेताका अनुसार उनले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको जानकारी दिए ।
                                                                                                                           फाइल फोटो

सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको स्रोतको भनाइ छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला राष्ट्रपति सीको भ्रमण तयारी भए पनि त्यसबेला नेपालमा सरकार परिवर्तनलगायत राजनीतिक अस्थिरताका कारण भ्रमण स्थगन भएको थियो । अहिले नेपालमा निर्वाचनमार्फत स्थिर सरकार निर्माण हुने क्रममा रहेको र अझ त्यसमा पनि वामपन्थीहरूले सरकार गठन गर्ने भएपछि सीको भ्रमण तयारी सुरु भएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको कात्तिकमा सम्पन्न सम्मेलनले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चयन गरेपछि उनी अहिले चीनमा माओपछिकै शक्तिशाली नेताका रूपमा चिनिएका छन् । उनको भ्रमणक्रममा केरुङ(रसुवागढी(काठमाडौं रेलमार्ग विस्तार गर्ने, तेल पाइपलाइन जोड्नेलगायत महत्वपूर्ण सम्झौताको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । त्यस्तै, नेपालले चीनलाई उपहारस्वरूप दिने भनेको दुईवटा गैंडा पनि सोही बेला हस्तान्तरण गर्ने तयारी छ ।

प्रतिक्रिया