Bisal Chautari Logo

बच्चा जन्माएर प्लास्टिको झोलामा पोको परी त्रिशूलीको किनारामा फाले

- ३ पुष २०७४, सोमबार ०७:१२ मा प्रकाशित


Breeding the baby, threw it on the shore
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ३ सोमवार । नवजात शिशु जन्माएर प्लास्टिकको झोलामा पोको पारेर फालेको भेटिएको छ । नुवाकोट विदुर नगरपालिका ८ बगुवामा खोलाको किनारामा प्लास्टिको झोलामा नवजात शिशुको शव भेटिएको हो ।
                                                                                                                                 फाइल फोटो

स्थानिय बासिले खोलाको किनारामा भेटाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्तै फ्याक्ने क्रममा बच्चा देखिएपछि स्थानियले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरि कार्यालयाको प्रहरी उपरीक्षक बसन्त कुवाँरले जानकारी दिए ।
मृत्य अवस्थामा भेटिएको शिशु २४ घण्टा अघि जन्मेको जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकले जनाए । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । नवजात शिशु जन्माएर फ्याक्ने व्याक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया