Bisal Chautari Logo

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

- ३ पुष २०७४, सोमबार ०६:३६ मा प्रकाशित


Youth emphasizes the need for employment in the country
विशाल चौतारी समाचार
पोखरा,२०७४ पुस ३ सोमवार । वैदेशिक रोजगारमा गएका नेपाली युवा विभिन्न समस्याबाट ग्रसित बन्ने गरेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिनु अपरिहार्य भएकामा जोड दिइएको छ ।
                                                                                                                           फाइल फोटो

अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक स्थिरता र विकाससँगै विदेशिएका युवालाई स्वदेशमा फर्काउन सकिए देशको दिगो विकास हुनसक्ने धारणा राखेका छन् ।
वैदेशिक रोजगारीमा गएका युवाले भोगेका समस्याको निराकरण गर्न तथा वैदेशिक रोजगार सुरक्षित, व्यवस्थित एवं मर्यदित बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुने जोड थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर क्षेत्री, नेपाल पत्रकार महांघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल मानवअधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत मोहन काफ्लेले युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नु वर्तमानको आवश्यकता भएको बताए ।
यसअघि अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवस मूल समारोह समिति कास्कीको आयोजनामा गरिएको पोखराको सिर्जना चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभातफेरी गरिएको थियो ।

प्रतिक्रिया