Bisal Chautari Logo

२४ घण्टै सेना र प्रहरीले सुरक्षा दिने सिंहदरबाटै सरकारी गाडीको चार वटै टायर चोरी

- २ पुष २०७४, आईतवार ०९:५१ मा प्रकाशित


Four tires of theft from the carrier were stolen
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २ आइतवार । देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिने सिंहदरबारमा पटिलो समया चोरीको घटना बढेको छ । कहिले ल्यापटप हराउँछ र कहिले मोबाइल । हुँदा हुँदा गाडीको टायर पनि चोरी भएको छ ।
स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको हो । शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर र्पुयाएर गाडीका चालक श्रीकृष्ण श्रेष्ठले सिंहदरबारभित्रै पार्किङ गरेका थिए । आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।
सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि सबै अचम्मित परेका छन् । गाडी पार्किङ गरेको स्थान र सेना र प्रहरीको ड्यूटी स्थल मुस्किलले २० मिटरको दुरीमा छ । चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ । टायर चोरीबारे अनुसन्धान भइरहेको सिंहदरबार सुरक्षा गणका डिएसपी प्रेम जोशीले जनाएका छन्।

प्रतिक्रिया