Bisal Chautari Logo

सडक भत्किएर दिनहु दुर्घटना हुन थालेपछि सडकमै स्वस्ती शान्ति पूजा

- १ पुष २०७४, शनिबार १२:३९ मा प्रकाशित


Swasti Shanti Puja on the road
विशाल चौतारी समाचार
इटहरी,२०७४ पुस १ शनिवार । दैनिक जसो दुर्घटना हुन थालेपछि सडकमै स्वस्ती शान्ति पूजा गरेका छन् । कोसी राजमार्ग अन्तरगत सुनसरीको इटहरी तरहरा सडक खण्डमा दैनिक जसो दुर्घटना हुन थालेपछि त्यस्लाई न्युनिकरण गर्ने उद्येश्ले इटहरीको हलगढास्थित मुख्य सडक आसपास स्थानीयहरूले स्वस्ती शान्ति पूजा गरेको हो ।
स्वस्ती शान्ति सहितको होम गर्नाले सवारी दुर्घट्नामा कमी आउने स्थानीयवासीले विश्वास लिएका छन् । विभिन्न कारणले दुर्घटना भई धेरै जनाले अकालमा ज्यान गुमाउनु पर्दा आत्मा भड्कीएर बढी दुर्घटना हुन सक्ने भन्दै पूजा गर्दा न्युनिकरण हुने विश्वासले होम गरिएको बताइएको छ । सो क्षेत्रमा मासिक रूपमा २५ देखि ३० वटा सम्म साना ठुला दुर्घटना हुने गरेको स्थानीय राजेन्द्रप्रसाद ढकाल वताउछन ।
सडक भत्किएका कारण दुर्घटनाको जोखिम बढेको तर्फ सम्बन्धित निकायले ध्यान नदिएको कारण खाल्टाखुल्टीवाटै जोखिमपुर्ण भएर सवारी दुर्घट्नामा परि दर्जनौको मृत्यु भएको र यातायातका साधनहरू समेतमा ठुलो नोक्सानी पुग्ने गरेकाले धार्मिक सहारा समेत लिनु परेको स्थानीयवासी याम कार्कीको भनाई छ ।
एकै क्षेत्रमा बारम्बार दुर्घटना हुने क्रम बढेपछि स्थानीयले सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको चिरशान्तिको कामना सहित स्वस्ती शान्ति होम आयोजना गरिएको स्थानीय सिता न्यौपानेले वताइन । कोसी राजमार्गमा सडक भत्किएका कारण जोखिम बढेको भन्दै सम्बन्धित निकायले मर्मत संभारका लागि ध्यान नदिएको आरोप लगाउदै स्थानीयवासीले विरोधको अनौठौ शैली अपनाउँदै होम गरिएको हो ।
लामो समय देखि भत्कीएर खाल्डाखुल्डी भएको सडकको मर्मत नगरिनु, सडकको क्षमता नबढाइनु लगायतका कारणहरूले समेत दुर्घटना बढेको हुन सक्ने तर्फ ध्यान दिन नसकिएको कारण पनि दुर्घटनामा बढेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया