Bisal Chautari Logo

अनमोल केसीको  ‘कृ’को ट्रेलर सार्वजानिक (भिडियो सहित)

- २९ मंसिर २०७४, शुक्रबार १२:५५ मा प्रकाशित


Trailer of the public ‘kri’ to Anmol kc
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २९ शुक्रवार । यो बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर सार्वजानिक भएको छ । ट्रेलरमा एकपछि अर्को सफल फिल्म दिदै आएका अनमोल केसी एक्सन अवतारमा प्रस्तुत भएका छन् ।
चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको दोहोरो चरित्र देखिएको छ । अनमोल लामो कपाल पालेर एङ्ग्री अवतारमा देखिएका छन् भने उनको चकलेटी रोमान्टिक अवतार पनि चलचित्रको ट्रेलरमा देख्न सकिन्छ ।
रोमान्टिक लभर व्वाईको भूमिका निभाउँदै आएका अनमोललाई एक्सन फिल्ममा काम गर्दा पनि सहज र रमाइलो लागेको बताए । हरेक फिल्मका लागि आफुले कडा मेहनत गर्ने गरेको दावी समेत उनले कार्यक्रममा गरे । सुपर काजल फिल्म्स र सुबास इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्मित ‘कृ’ माघ २६ गते देखि प्रदर्शन हुँदैछ । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा सुबास गिरी र भूवन केसी संयुक्त निर्माता हुन् ।

‘कृ’को ट्रेलर हेर्नुहोस

प्रतिक्रिया