Bisal Chautari Logo

रोल्पामा समानुपातिकतर्फ माओवादी केन्द्र पहिलो

- २७ मंसिर २०७४, बुधबार १०:५८ मा प्रकाशित


Mobadi center first
विशाल चौतारी समाचार
रोल्पा,२०७४ मंसिर २७ बुधवार । रोल्पामा समानुपातिकतर्पm नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्।
प्रतिनिधिसभातर्फको समानुपातिकमा माओवादी केन्द्रले २७ हजार २ सय २०, नेपाली कांग्रेस १५ हजार ८ सय ४७ र एमालेले १० हजार ५ सय ४५ रहेको छ । प्रदेशसभामा माओवादी केन्द्रले २५ हजार २ सय ६०, कांग्रेु १४ हजार ४ सय १८, २ सय ७१ मत ल्याएरका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८ सय ३३ र प्रदेशका लागि १ हजार १९ मत ल्याएको छ। नेकपा (माले) र जन समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि १ हजार १९ र प्रदेशमा ९ सय ७६ मत ल्याएका छन्। राप्रपा (प्रजातान्त्रिक) ले प्रतिनिधिसभामा ६ सय ७५ र प्रदेशमा १ हजार १९ मत पाएको छ।
समानुपातिकमा ७० हजार ५ सय ७० खसेको मतमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६ सदर र ११ हजार ४ सय ९४ बदर भए। प्रदेशसभातर्फ १५ हजार ७ सय ६६ वदर भयो भने ५४ हजार ८ सय ४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अन्य पार्टीले हजार भन्दा कम मत पाएका छन्। नेपाली दलित पार्टी, देशभक्त समाज र हाम्रो पार्टीले १÷१ मत पाएका छन्। मतपत्रका चिन्ह कोही खाली थिएनन्। जिल्लामा पार्टी संगठन नभएकाको चिन्हमा पनि मत संकेट थिए। विवेकशील साझा पार्टीलाई ८८ मत र नयाँ शक्तिलाई २४ मत प्राप्त भएको छ।

प्रतिक्रिया