Bisal Chautari Logo

अस्पतालको लापरबाहीको कारण यसरी भयो सुत्केरीको मृत्यु

- २७ मंसिर २०७४, बुधबार ०९:४६ मा प्रकाशित


Death of the patient due to negligence of the hospital
विशाल चौतारी समाचार
कालिकोट, २०७४ मंसिर २७ बुधवार । कालिकोटमा अस्पतालको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका १ की चन्दा शाहीको मृत्यु भउको हो ।
                                                                                                                           फाइल फोटो

उनी घरबाट हिँडेर प्रसुति सेवाका लागि जिल्ला अस्पताल कालिकोट पुगेकी थिइन् । सामान्य अवस्थाकै विरामी भए पनि अस्पतालले वेवास्था गर्दा सुत्केरीको मृत्यु भएको परिवारका सदस्यले आरोप लगाएका छन् । मृत्यु हुनुमा चिकित्सककै लापरबाही भएको भन्दै परिवारका सदस्य आक्रोशित भएका छन् ।
अस्पतालमा आफ्न्तलाई बिरामी भेट्न नदिएको र गम्भीर भएको भन्दै हेलिकोप्टर बोलाएर काठमाडौं लान एयरपोटृ पुर्याउँदा उनको मृत्यु भइसकेको आफन्तले बताएका छन् ।

प्रतिक्रिया