Bisal Chautari Logo

नेकपा ऐमालेलाई पछार्दै काँग्रेस बने पहिलो

- २६ मंसिर २०७४, मंगलवार १२:४० मा प्रकाशित


Congress became the first
विशाल चौतारी समाचार
सोलुखुम्बु ,२०७४ मंसिर २६ मंगलवार । सोलुखुम्बु – सोलुखुम्बुमा समानुपातिक निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ।
                                                                                                                         फाइल फोटो

कांग्रेसलाई प्रतिनिधि सभा तर्फ १५ हजार १४८ मानुपातिक मत प्राप्त छ भने प्रदेश सभा तर्फ १३ हजार ४४७ मत प्राप्त भएको छ । गएराति सम्पन्न भएको गणनामा प्रतिनिधि सभा तर्फ एमालेलाई १२ हजार ६६ र प्रदेश सभा तर्फ १० हजार ४५८ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत मुरारी वस्थीले जानकारी दिए ।
त्यस्तै, प्रतिनिधि सभातर्फ ७ हजार ६७३ र प्रदेश सभातर्फ ८ हजार ३१ मत प्राप्त गरी माआवादी केन्द्र तेस्रो भएको छ । सोलुखुम्बुमा राप्रपाले पनि समानुपातिक तर्फ सम्मानजनक मत प्राप्त गरेको छ ।
प्रतिनिधि सभाका लागि ५८५ मत पाएको राप्रपाले प्रदेश सभातर्फ एक हजार ५५५ मत प्राप्त गरेको हो । जिल्लामा नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधि सभा तर्फ ३७६ र प्रदेश सभा तर्फ ४०६ मत पाएको छ।

प्रतिक्रिया