Bisal Chautari Logo

आइसिसी विश्व क्रिक्रेट लिग- नेपाल युएईसँग ७ विकेटले पराजित

- २५ मंसिर २०७४, सोमबार ०९:१७ मा प्रकाशित


Nepal defeated UAE by 7 wickets
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २५ सोमवार । आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपमा युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ ।
नेपालले दिएको २ सय २२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । युएईको जितमा घुलाम सबीरले नटआउट ८१, रोहन मुस्ताफाले ६२ र रमित शाहजदले ३७ रनको योगदान दिए । नेपालका शरद भेषावाकर र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
युएईको आवुधावीमा यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ८१ रनको योगदान दिए । तेश्रो नम्बरमा व्याटिङ गर्न आएका शरदले अन्तिमसम्म ९५ बलको सामाना गर्दै ५ चौका समेत प्रहार गरे । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६ चौका प्रहार गर्दै ५४ रन बनाए । ओपनर दिलिपनाथ १६ रनमा आउट भए पनि शरद र ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।
ज्ञानेन्द्र आउट भएपछि क्रिजमा आएका कुनै पनि व्याट्सम्यानले शरदलाई भरपर्दोसँग साथ दिन सकेनन् । कप्तान पारस खड्का २०, आरिफ शेख शुन्य, विनोद भण्डारी ४ रनमै पेभेलिएन फर्केपछि नेपालको इनिङ धराशयी भएको थियो ।
तर सातौँ नम्बरमा व्याटिङ गर्न आएका सोमपाल कामीले भने १९ बलमा ३ चौकासहित २० रन बनाए । उनी आउट हुँदा नेपालको स्कोर १ सय ८१ रन थियो । सोमपाल आउट भएपछि क्रिजमा आएका बसन्त रेग्मीले अविजित १४ रन बनाएपछि नेपालले २ सय २१ रनको मध्यम योगफल तयार पारेको थियो । अर्को इण्डबाट शरद भेषावाकर संयमित भएर क्रिजमा टिकिरहेपछि नेपालले मध्यम स्तरको लक्ष्य युएईलाई दिएको थियो ।

प्रतिक्रिया