Bisal Chautari Logo

मतपत्रमा पैसा भेटिएपछि सुनसरी क्षेत्र नं.३ मा मतगणना स्थगित

- २५ मंसिर २०७४, सोमबार ०८:०५ मा प्रकाशित


Deferring the counting of Sonsari area No. 3
विशाल चौतारी समाचार
सुनसरी,२०७४ मंसिर २५ सोमवार । सुनसरी क्षेत्र नम्बर तीनमा तगणना रोकिएको छ । कडा प्रतिस्पर्धा भईरहेको बेला मतपेटिकामा २० रुपैयाँको नोट भटिएपछि मतगणना रोकीएको हो ।
काँग्रेसबाट उपप्रधानमन्त्री विजयकुमार गच्छदार र एमालेबाट भगवती चौधरीबीच मुख्य प्रतिस्पर्धा रहेको सो क्षेत्रमा झन्डै २० हजार मत गन्न बाँकी छ । अहिलेसम्मको मतगणनामा एमालेकी चौधरी अगाडि छन् । मतगणना रोकिनुअघि वामगठबन्धनकी चौधरीले १५५ मतले लिड गरेकी छिन् भने गच्छदारले मतान्तर घटाउँदै लगेका छन्। भगवतीको २९३२६ मत आएको छ भने गच्छदारको २९१७१ मत आएको छ।

प्रतिक्रिया