Bisal Chautari Logo

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप

- २४ मंसिर २०७४, आईतवार ०९:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २४ आइतवार । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।
                                                                                                                                फाइल फोटो

कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

प्रतिक्रिया