Bisal Chautari Logo

काठमाडौँ २ र ४ मा वाम गठबन्धन, १ मा काँगे्रसको अग्रता

- २२ मंसिर २०७४, शुक्रबार ०९:४६ मा प्रकाशित


Elections of Kathmandu
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २२ शुक्रवार । काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ ।
                                                                                                                             फाइल फोटो

बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गरेका छन् ।
विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ६७५ मत लिएर सिंहलाई पछ्याइरहेका छन् । नेकपा (माओवादी केन्द्र) उम्मेदवार अनिल शर्माले २६८ प्राप्त गरेका छन् ।
क्षेत्र नं २ मा अहिलेसम्म गणना भएको कुल मत दुई हजारमध्ये नेकपा (एमाले) का उम्मेदवार माधवकुमार नेपालले एक हजार २३, नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेलले ४६९ र विवेकशील साझा पार्टीका उम्मेदवार डा सूर्यराज आचार्यले ४२४ मत प्राप्त गरेका छन् ।
काठमाडौँ क्षेत्र नं ४ मा गणना भएको कुल मत २,४३० मध्ये नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टराईले १,२३९, नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले १,०४१ र विवेकशील साझा पार्टीका उम्मेदवार सुबना बस्नेतले ४३ मत प्राप्त गरेका छन् ।
काठमाडौँ क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ । क्षेत्र नं ३ को भने प्रारम्भिक मत परिणाम सार्वजनिक भइसकेको छ ।रासस

प्रतिक्रिया