Bisal Chautari Logo

‘हँसिया‘ को लण्डनमा प्रिमियर शो

- ७ बैशाख २०७१, आईतवार १२:४६ मा प्रकाशित


HASIYA Premiere show
लण्डन, ७ बैशाख । रिलिजको मिती नजिकिदै गर्दा चलचित्र ‘हसिया’को प्रिमियर लण्डन शनिबार भएको छ । सोही प्रिमियरका लागी महाअभिनेता राजेश हमाल लण्डनमा रहेका छन् । 
चलचित्र ‘हँसिया’को रेड कार्पेट प्रिमियरमा अभिनेता हमाल सहित निर्देशक मिलन चाम्स, चलचित्रका निर्माता दुर्गा घले, पछिल्लो समयमा हलिउड चलचित्रमा काम गरिरहेका अभिनेता बिजय लामापनि सहभागी भएका थिए । लण्डनको प्रिन्सेस हलमा स्थानिय समय अनुसार दिउँसो २ बजेदेखि शुरु भएको ‘हँसिया’को रेड कार्पेट प्रिमियरमा बोल्दै चलचित्रका निर्देशक चाम्सले प्रिमियरको टिकट सबै बिक्री भईसकेको बताए । लण्डनमै अन्य ठाउहरुमा पनि चलचित्रको शो गर्न आग्रह आइरहेको बताए । र चलचित्रको अर्को शोको पनि तयारी भईरहेको निर्देशक चाम्सले बताए । अभिनेता हमालको जेष्ठमा बिबाह गर्ने तयारीमा लागेका छन् । जेठ ९ गते नेपालमा रिलिज हुन लागेको एक्सन शैलीको यो चलचित्रलाई हङकङमा पनि छिट्टै रिलिज गर्ने निर्देशक चाम्सले बताए । हेमा श्रेष्ठको स्टन्टले भरिएको चलचित्र ‘हसिया’मा राजेश र हेमाको साथमा अनुप बिक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ ।

add

प्रतिक्रिया