A bomb found at the candidate’s house
विशाल चौतारी समाचार
मुगु,२०७४ मंसिर १४बिहिवार । पूर्व शिक्षा मन्त्री हस्तबहादुर मल्लको घरमा बम फेला परेको छ । मल्ल मंसिर दश गते सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।
घरको आँगनमा शंकास्पद बस्तु देखिएपछि विहानै सुरक्षा निकायमा खबर गरिएको थियो। छायानाथ रारा नगरपालिका वडा नम्बर एकमा रहेको मल्लको घरमा बम राखिएको भन्ने सुनिएपछि विहानैदेखि गाउँमा त्रास फैलिएको छ।
नेपाली सेना, नेपाल प्रहरीको टोली बम भएको स्थानमा पुगे पनि अहिलेसम्म बम निस्क्रिय पारिएको छैन। बम कसले किन राख्यो भन्ने विषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया