Bisal Chautari Logo

प्रतिलिपी अधिकारका बिषयमा पत्रकारको बहस

- ७ बैशाख २०७१, आईतवार १६:३२ मा प्रकाशित


nepal copyright Discuss journalists debate
काठमाडौं, ७ बैशाख । नेपाली चलचित्र तथा गीतसंगीत पाइरेसी रोक्नमा सरकारसँगै पत्रकारहरुको भूमिका महत्वपुर्ण हुने गर्दछ । यहि कुरालाई मध्य नजर गर्दै आइतबार काठमाण्डौमा ‘प्रतिलिपी अधिकार संरक्षणमा चलचित्र पत्रकारको भूमिका’ बिषयमा अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएको छ ।
चलचित्र पत्रकार संघ र नेपाल प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयद्धरा आयोजित कार्यक्रममा नेपालमा हुने गरेका विभिन्न पाइरेसी घटनाका बिषयमा बहस भएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र पत्रकार संघका उपाध्यक्ष बिष्ण्ुा सुवेदीले अवधारणा प्रस्तुत गरेका थिए । उनले क्षणिक फाइदाका लागि सम्बन्धित धनीले नै पाइरेसीमा प्रोत्साहित गरिरहेको कुरा उल्लेख गरे । 
त्यस्तै कार्यक्रममा नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यलयका रजिष्ट्रार बिसु कुमार बीसीले २८ बुद्धाका कार्यपत्र प्रस्तुत गरेका थिए । २८ बुद्धा अन्र्तगत क्रमश: सम्पती, प्रतिलिपी अधिकार, प्रतिलिपी अधिकारको स्वरुप, प्रतिलिपी अधिकारको क्षेत्र, आर्थिक आधार, नैतिक अधिकार, सम्वन्धित अधिकार, प्रतिलिपी अधिकार एनमा चलचित्र सम्वन्धि प्रवधान, प्रतिलिपी अधिकारको न्युनतम संरक्षण अवधी, प्रतिलिपी अधिकारको ब्यावस्थापन, प्रतिलिपि अधिकार कार्यन्वयन र कानुनी उपचार, प्रतिलिपी अधिकारको उल्लंघन, दण्ड सजाय, रचना ध्वनीअंकनका प्रतिहरु वा अन्य सामाग्री कब्जा गर्न सक्ने, मुद्दाको कारवाही र किनारा, प्रतिलिपी अधिकार सम्वन्धी ऐन नियम र सन्धि सम्झौताहरु, नेपालको बौद्धिक सम्पती प्रशासन, प्रतिलिपी अधिकार सम्वन्धि समस्या र चुनौतीहरु लगायत रहेको थियो । जिष्ट्रारको कार्यलयका रजिष्ट्रार बिसु कुमार बीसीले नेपालमा विभिन्न तबरले पाइरेसी हुने गरेको र त्यसको समाधान तथा जागरुकताका लागि चलचित्र पत्रकारहरुको ठुलो भुमिका हुने भएकाले चलचित्र पत्रकारहरु नै अग्रसर भएर लाग्नु पर्ने धारणा ब्याक्त गरे । 
त्यस्तै कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्यले यस विषयमा सबै एकैचोटि बुझ्न भन्दापनि विस्तारै बुझ्न पर्ने बताए । कार्यक्रममा नेपालमा पछिल्लो समयमा विभिन्न तबरले हुने गरेका पाइरेसी र त्यस्ता घटनाहरुमा संलग्नहरुले पाउने गरेका छुटकाराको बिषयमा पनि बहस गरिएको थियो । त्यस्तै कार्यक्रममा अर्को कुरा सर्जकहरु आफ्नो सामाग्री पाइरेसी भइरहेको गुनासो गर्छन्, प्रहरीले केही सहयोग नगरेको गुनासो गर्छन् तर प्रहरी समक्ष यो प्रकृतिका घटनामा उजुरी नै नपरेको बताएको कुरालाई पनि उठाइएको थियो ।

add

प्रतिक्रिया