Bisal Chautari Logo

मेस्सीले बार्सिलोनासँग गरे नयाँ सम्झौता

- १० मंसिर २०७४, आईतवार ११:५६ मा प्रकाशित


Messiels made a new deal with Barcelona
एजेन्सी
काठमाडौँ ,२०७४ मंसिर १० आइतवार । बार्सिलोनाका फवार्ड लिओनल मेस्सीले नयाँ सम्झौता गरेका छन् । जसमा बाइआउट क्लज ७०० मिलियन युरो राखिएको छ ।
३० वर्षीय अर्जेन्टिनी स्टारको नयाँ सम्झौता २०२०/२१ सिजनसम्म रहनेछ । १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका मेस्सीले क्लबका लागि ८ स्पेनिस लिग उपाधि दिलाउनुका साथै चार पटक च्याम्पियन्स लिगको ट्रफी उचालेका छन् ।
शुक्रबार मात्र चौथो युरोपियन गोल्डेन बुट जितेका उनले बार्सिलोनाका लागि ६०२ खेल खेल्दै ५२३ गोल गरेका छन् ।
उनको पूर्व सम्झौता अर्को वर्ष सकिँदै थियो । बार्सिलोनाले जुलाइमा नै मेस्सी नयाँ सम्झौताका लागि सहमत भएको दाबी गरेको थियो । तर, सम्झौतामा हस्ताक्षर भएको थिएन ।

प्रतिक्रिया