Bisal Chautari Logo

नेपालद्वारा चीन पचास रनले पराजित

- १० मंसिर २०७४, आईतवार १०:०५ मा प्रकाशित


China defeated fifty runs by Nepal
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर १० आइतवार । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।
थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो ।
नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने थियो । तर युएइ विजयी भएपछि नेपाल शीर्ष दुईमा पर्न सकेन ।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा आठ विकेट गुमाएर १०२ रनको योगफल तयार ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १८ रनको योगदान दिइन् भने काजोल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन जोडिन् ।
बलिङतर्फ चीनकी झाङ जिएङजुले तीन विकेट लिइन् । जवाफी ब्याटिङमा उत्रेको चीनले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनायो । चीनका लागि हान लिलिले १५ तथा सायुन जाउले १० रन बनाए । बलिङतर्फ नेपालकी कप्तान रुविना क्षेत्री र सवनम राईले समान तीन÷तीन विकेट तथा सीता राना मगरले दुई विकेट लिइन् ।

प्रतिक्रिया