Bisal Chautari Logo

विमल घर्तिमगरले एन्डरलेच्टको जितमा गोल गरे

- ७ बैशाख २०७१, आईतवार १७:५५ मा प्रकाशित


bimal gharti magar
युरोप, ७ बैशाख । नेपाली युवा स्ट्राइकर बिमल घर्तिमगरले गोल गर्दै बेल्जियमको एन्डरलेच्ट क्लबलाई यू–१७ फ्यूचर कपको सेमिफाइनल पुर्याउन सफल भएका छन् ।
ट्रायलका लागि युरोप पुगेका उनले आइतबार भएको फ्यूचर कपको क्वाटर फाइनल खेलमा फिनरबाचे विरुद्ध गोल गरेका हुन् । एन्डरलेच्टले  फिनरबाचेलाई २–० ले पराजित गरेको हो । खेलको पहिलो हाफको ९ मिनेटमा विमलले एन्डरलेच्टका लागि गोलको खाता खोले । एन्डरलेच्टलाई जिताउने क्रममा उनले प्रहार गरेको कर्नर बललाई सदुपयोग गर्दै माटारेजले गोल गर्न सफल भए । 
विमलको एक गोल र उनको कर्णर बलबाट भएको अर्को गोल मद्धतमा एन्डरलेच्ट फ्यूचर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । जम्मा ६० मिनेटको खेलमा १६ नम्बर जर्सीमा उत्रेका विमलले पुरै समय खेलेका थिए । उनले खेलअवधिभर आफ्नो प्रभाव छोड्न सफल भए ।
विमलले शनिबार एसी मिलानविरुद्ध अन्तिम ११ मिनेट खेलेका थिए । जुन खेल उनको क्लबले २–१ ले जितेको थियो । विमल दुई महिने ट्रायलका लागि बेल्जियमको एन्डरलेच्ट क्लबमा गएका हुन् ।

add

प्रतिक्रिया