Fire in the car
विशाल चौतारी समाचार
संखुवासभा, २०७४ मंसिर ०४ सोमवार । संखुवासभाको चैनपुरमा नगरपालीकामा अज्ञात समूहले गाडीमा आगजानी गरेको छ । वाम गठबन्धनले चुनावी प्रचारका लागि प्रयोग गदै आएको ल्याण्डरोभर गाडीमा आगजनी गरेका हो ।
सोमबार बिहान २ बजे को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको डिएसपी सन्तोष खड्काले बताए । बसपार्क नजिकै पार्किङमा राखिएको गाडी जलाइएको हो । गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन ।
प्रहरीले आगो लगाउने समुहको खोजी तीब्र पारेको जनाएको छ । गाडी पूर्णरुपमा जलेपनि मानवीय क्षति भने भएको छैन । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएका छैनन् ।
प्रतिक्रिया