Bisal Chautari Logo

ज्यातिषको भरमा सात पटक प्रधानमन्त्री हुने देउवाको दाबी

- ३० कार्तिक २०७४, बिहीबार ०७:३२ मा प्रकाशित


Deuba’s claim to be prime minister seven times
विशाल चौतारी समाचार
धनगढी २०७४ कात्तिक ३० बिहिवार । प्रधानमन्त्री शेरबहादुर देउवाले सात पटक प्रधानमन्त्री हुने बताएका छन् । ज्यातिषले आफूलाई सात पटक प्रधानन्त्री हुन्छस् भनेर भनेकाले अझै तीन पटक प्रधानमन्त्री हुने बताएका हुन ।
                                                                                                                               फाइल फोटो

चुनाव प्रचारका लागि धनगढीमा पुगेका प्रधानमन्त्री देउवाले बिहीबार बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफू अझै तीन पटक प्रधानमन्त्री बन्न बाँकी रहेको बताएका हो ।
पत्रकारहरुले वाम गठबन्धनले देउवा अब काँग्रेसबाट अन्तिम प्रधानमन्त्री हुनभनिरहेका छन् नी ? भन्ने प्रश्न राखेपछि देउवाले भने ‘ज्योतिषीहरुले मलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन, म फेरी तीन पटक प्रधानमन्त्री हुन बाँकी छ, कम्युनिस्टहरुले भनेर हुन्छ ?’
उनले पत्रकारहरुलाई आफू डडेल्धुराबाट जित्नेमा ढुक्क रहेको बताए । सुदूरपश्चिमबाट जित्ने बित्तिकै मुलुकको प्रधामन्त्री हुने आफू मात्रै नेता रहेको बताए ।
एकातिर वाम गठनबन्धनको चर्चा चुलिएका बेला देउवाले वाम गठबन्धनले काँग्रेसलाई एक ठाउँमा ल्याएकाले काँग्रेसको बहुमत आउने दाबी गरे । ‘हिजोका तर्साउने, धम्काउने शक्ति एक ठाउँमा भएका छन्, जनतामा कम्युनिष्ट अधिनायकवाद आउनेमा चिन्ता छ, त्यसैले पनि काँग्रेसले बहुमत ल्याउछ’ देउवाले भने ।
स्थानीय चुनावमा काँग्रेसलाई सहयोग नगरेको भन्दै विभिन्न क्षेत्रीय समितिहरु, जिल्ला समितिहरुले गरेका सबै कारवाही फुकुवा भएको घोषणा गर्दै प्रधामन्त्री देउवाले भने ‘म यही कार्यक्रमबाट सबैको कारवाही फुकुवा भएको घोषणा गर्दछु, मैले भने सबै कारवाहीमा परेकाहरुलाई आममाफी दिएँ, सबैजना चुनावमा लाग्नुस, काँग्रेसलाई जिताउनुहोस’ देउवाले भने ।
देउवाले सुदूरपश्चिमका विकास निर्माणका योजनाहरु पनि अघि बढिरहेको बताए । ‘पञ्चेश्वर बन्ने प्रकृयामा गई सक्यो, पश्चिम सेती आयोजनाका लागि चीनिया कम्पनीसँग कुरा भइरहेको छ, दार्चुलाको तिंकर नाकाको कुरा पनि भई नै रहेको छ’ प्रधानमन्त्री देउवाले भने ।
यद्यपि, दार्चुलाको तिंकर भञ्ज्याङ जोड्ने खलंगा(तिंकर सडक दुई वर्षदेखि भीर फोड्ने विष्फोटक नभएर रोकिएको छ । गत आर्थिक वर्षमा उक्त सडक योजनाको ९० प्रतिशत बजेट विष्फोटक नभएकै कारण फ्रिज भएको थियो ।

प्रतिक्रिया