Bisal Chautari Logo

दश लाख घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्रउ

- २९ कार्तिक २०७४, बुधबार ०८:०८ मा प्रकाशित


Arested with a million rupees
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २९ बुधवार । वैदेशिक रोजगार विभागका साखा अधिकृत दश लाख घुस सहित पक्रउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई पक्राउ गरेको हो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका हुन्।
मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रणी फुलल्याण्डबाट पौडल र केसीलाई पक्राउ गरिएको हो। वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
दुबै जनालाई रकम बुझिसकेपछि फुडल्याण्डकै रेष्टुरेन्टमा खाजा खाइरहेको अवस्थामा राति ८ बजे अख्तियार टोलीले पक्राउ गरेको हो।
घटनामा अन्यको संलग्नता भएरनभएकोबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया