Bisal Chautari Logo

पाटन औद्योगीक क्षेत्रको आगलागी १७ घण्टापछि नियन्त्रणमा

- २९ कार्तिक २०७४, बुधबार ०७:५५ मा प्रकाशित


Patna Industrial Area fire after 17 hours
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २९ बुधवार । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ । मंगलबार साँझ ६ बजेबाट ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगलागी बुधवार मात्र नियन्त्रणमा आइएको हो ।
                                                                                                                  फाइल फोटो

आगलागीबाट दुई वटा उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ । अझै आगोको भुङ्रो निभ्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको थियो । यस्तै सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल पनि प्रयोग भइरहेको छ ।निजी ट्याङरबाट पनि पानी ओसार्ने र छ्याप्ने काम भइरहेको छ । आगोले करौडौको क्षति भएको छ । प्रहरीका अनुसार प्लाष्टिकमा भएको केमिकलका कारण आगो पूर्ण रुपमा निभाउन कठिनाइ भएको हो ।

 

प्रतिक्रिया