Bisal Chautari Logo

एमाले नेता राजेन्द्र गौतमसहित ४ नेता चढेको गाडी एम्बुसमा पर्यो

- २८ कार्तिक २०७४, मंगलवार ०९:०९ मा प्रकाशित


Political news
विशाल चौतारी समाचार
संखुवासभा, २०७४ कात्तिक २८ मंगलवार । बामगठबन्धन संखुवासभाको प्रतिनिधिसभाको उम्मेदवार राजेन्द्र गौतमसहित ४ जना नेता सवार गाडी एम्बुस परेको छ । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो ।
                                                                                                                            फाइल फोटो

एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । एम्बुस कसले थापेको हो कसैले जिम्मा लिएको छैन् । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको जानकारी प्राप्त भएको छ ।
बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँ केही समय हेलिकप्टरले गस्ती समेत गरेको छ । बिस्पोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया