Bisal Chautari Logo

शान्तिपूर्ण र निष्पक्ष रुपले निर्वाचन सम्पन्न हुन्छः अर्थमन्त्री कार्की

- २७ कार्तिक २०७४, सोमबार ०८:३६ मा प्रकाशित


Election will be held in a peaceful and fair manner: Finance Minister Karki
विशाल चौतारी समाचार
इनरुवा२०७४ कात्तिक २७ सोमवार । नेपाली काँग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले पहिलो र दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपले सम्पन्न हुने बताउनुभएको छ ।
                                                                                                              फाइल फोटो

सुनसरीको रामधुनी नगरपालिकामा आइतबारदेखि शुरु भएको प्रथम रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुभकामना दिदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले निर्वाचन सम्पन्न गराएपछि देशलाई शान्ति सुव्यवस्था तथा राजनीतिक स्थिरतातर्फ चाँडै अगाडि बढाउने बताउनुभयो ।
सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका अर्थमन्त्री कार्कीले आफूलाई निर्वाचित गराएको खण्डमा यहाँ एउटा ठूलो राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया