Bisal Chautari Logo

साराको सिउदोमा सिन्दुर भर्ने निखिलको चाहना || के पुरा होला ? (भिडियो हेर्नुहोस्)

- २६ कार्तिक २०७४, आईतवार १४:१६ मा प्रकाशित


Nikhil Upreti and Sara Shirpaili movie PINJADA BACK AGAIN song
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २६, आइतबार । एक्सन स्टार अभिनेता निखिल उप्रेती र हट अभिनेत्री सारा सिर्पाली पछिल्लो समय एकसाथ धेरै देखिन थालेको छन् । संगै देखिने मात्र होइन, अब सिउदोमा सिन्दुर हाल्ने सम्मका प्रेम गन्थन हुन थालेको छ । तर यो गनथन भने एक्सन स्टार अभिनेता निखिल उप्रेतीको डेब्यु चलचित्र ‘पिंजडा’को सिक्वेल ‘पिंजडा व्याक अगेन’को आज सार्वजनिक भएको गीतको हो ।
चर्चित संगीतकार अर्जुन पोखरेल र चर्चित गायिका अञ्जु पन्तको स्वर समावेश ‘तिमी पनि आधा’ बोलको गीत आईतबार सार्वजनिक गरिएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा नृत्यमा खासै पोख्त नरहेका निखिलले यो पटकको गीतमा केहि फरक अनुभव बटुलेको बताए ।
सार्वजनिक गीतमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । संगीत अर्जुन पोखरेलको नै छ । ओम साई मौलाकालिका सिने आर्ट्स तथा ओम साई भक्त मुभिजको ब्यानरमा बनेको फिल्मलाई हिमाल केसीले निर्देशन गरेका छन् । हिमाल यसैपनि एक्सन निर्देशनमा कहलिएको नाम हो ।
श्रीराम बराल प्रस्तुतकर्ता रहेको फिल्ममा निखिल र सारासागै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय छ । सौरभ लामाले क्यामेरा चलाएका छन् । वनिष शाह र मिलन श्रेष्ठ सम्पादक हुन् ।
मौनता श्रेष्ठको कथामा तयार भएको ‘पिंजडा ब्याक अगेन’ आउदो माघ ४ मा रिलिज हुदैछ । फिल्ममा रोहित पुरी, गोविन्द गैरे चन्द्रबहादुर क्षेत्री निर्मातामा छन् भने कार्यकारी निर्मातामा वसन्त शर्मा र सुशान्त श्रेष्ठ रहादा सहायक निर्मातामा रमेश सुवेदी र बाबुराजा सिंहले साझेदारी गरेका छन् ।


TIMI NI AADHA…
Lyrics: Mukta Udas
Vocal: Arjun Pokhrel/Anju Panta
Music: Arjun Pokharel
Choreography: Ramji Lamichhane
Starting: Nikhil Upreti,Sara Shirpaili,Sushmita KC, Pukar Bhattarai,Jack Shrestha, Kushagraha Bhattarai, Jack Shrestha
Sound & Mixing: Mukesh Shah
Production Design: Kumar Silwal
VFX: Akki Sharma,Satyam Rana,Sudeep Achrya, Shree Krishana Shrestha
Color Greading: Manoranjan Shrestha
Camera: Saurav Lama
Edit: Banish Shah/Milan Shrestha
Story: Maunata Shrestha
Direction: Himal KC

प्रतिक्रिया