Bisal Chautari Logo

हर्न बजाएको निहुँमा मकवानपुरमा गोली चल्यो !

- २६ कार्तिक २०७४, आईतवार ०९:०१ मा प्रकाशित


The gunned down at Makwanpur
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २६ आइतवार । मकवानपुरको नेवारपानीमा हर्न बजाएको निहुँमा विबाद भएपछि प्रहरीले हवाईफायर गरेको छ ।
शनिवार राती नेवारपानीका स्थानीयवासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको थियो ।
विवाद बढ्दै गएपछी गाडी चालकलाई हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नेवारपानीका स्थानीययलाई साथ दिएको भन्दै राईटोल बासी प्रहरीसँग आक्रोशित भएका थिए ।

प्रतिक्रिया