Bisal Chautari Logo

सात वर्ष साउदी बसेकी सुनिताको कमाइ स् मानसिक रोग

- २६ कार्तिक २०७४, आईतवार ०७:२९ मा प्रकाशित


Satyata earning seven years of age was a mental illness
विशाल चौतारी समाचार
बनियानी, झापा २०७४ कात्तिक २६ आइतवार । वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा ।
यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अबर पुगेकी बिर्तामोड नगरपालिका–८ गरामनीकी सुनिता गामी ९४०० मानसिक रोगी भएर फर्किएकी छन् । सात वर्षअघि घरेलु कामदारका रूपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् ।
घरमालिकको शारीरिक र मानसिक यातनाले हाल उनी विक्षिप्त अवस्थामा रहेकी छन् । स्थानीय मंगलु राजवंशीले सम्पर्क गराएपछि झापा धाइजनका अभिषेक धिमालले सुनितालाई भारतको बाटो हुँदै साउदी पठाएको श्रीमान् नारायण गामीले जानकारी दिए ।
“साउदी पुगेको एक महिनापछि सुनिताले फोन गरेकी थिई”, नारायणले भने, “त्यसयता सम्पर्क हुन सकेन ।” सुनितालाई साउदी पठाउने धिमाल हाल सम्पर्कविहीन छन् ।सात वर्षपछि सदस्य घर फर्किंदा खुसी भए पनि सुनिताको अवस्थाले परिवार चिन्तामा छ । “छोरा पढाउने र घर बनाउने सपना थियो”, नारायणले भने, “पैसा कमाउनु त टाढाको कुरा श्रीमतीको यस्तो हालत भयो ।” हाल सुनिताको उपचार भइरहेको उनले बताए ।
मासिक रु १४ हजार पारिश्रमिक पाउने सर्तमा साउदी पुगेकी सुनिताले गएको चार महिनापछि रु ५० हजार पठाएकी थिइन् । सो रकम उनले आफ्नो देवर प्रमोदको नाममा पठाएकी थिइन् । त्यसपछि कुनै रकम नपठाएको परिवारले जनाएको छ ।
तर, उद्धार गरी नेपाल फर्किएपछि सुनिताको तलबबापतको रु १० लाख पाएको श्रीमान् नारायणले बताए । उनले भने, “सोही रकमले श्रीमतीको उपचार गरिरहेकी छु ।” उनले दोषीलाई कारबाहीको माग गर्दै न्यायका लागि अपिलसमेत गरेका छन् । रासस

प्रतिक्रिया