Bisal Chautari Logo

कैलालीमा बस भिरमा खस्दा, तीन जनाको मृत्यु, ३३ घाइते

- २६ कार्तिक २०७४, आईतवार ०६:४८ मा प्रकाशित


Three people died, 33 injured 
विशाल चौतारी समाचार
कैलाली, २०७४ कात्तिक २६ आइतवार । आज बिहान कैलालीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ३३ जना घाइते छन् ।
शनिबार बेलुकी बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका ३ सहजपुरमा आइतबार विहान ४ बजेतिर सडकवाट भीरमा खस्दा दुर्घटना भएको हो ।
घाइते ३३ जनाको सेती अञ्चल अस्पताल उपचारका भइरहेको जिल्ला प्रहरुी कार्यलया कैलालूल जनाएको छ ।
एक बालक र दुई महिला सहित तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृतकहरु सबै जना बैतडी मेलौलीका रहेपनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया