Bisal Chautari Logo

ट्याक्सी र ट्रक ठोक्किएर दुईको मृत्यु, १० घाइते

- २६ कार्तिक २०७४, आईतवार ०६:२५ मा प्रकाशित


Taxi and truck collapsed, two killed, 10 injured
विशाल चौतारी समाचार
दाङ २०७४ कात्तिक २६ आइतवार । लमही नगरपालिका–१ नर्तीमा बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किएर दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राप्ती गाउँपालिका– ५ का २६ वर्षीय राममति चौधरी र राप्ती गाउँपालिकाका–८ गिता बस्यालको मृत्यु भएको छ ।
ना १ ज १३४९ जिप (ट्याक्सी) र ना४ ख ७९५५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । घाइते चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते ६ जनाको थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

प्रतिक्रिया