Bisal Chautari Logo

दैलेखमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ जना घाइते

- २५ कार्तिक २०७४, शनिबार ०६:४७ मा प्रकाशित


Three die in accident in Dailekh
विशाल चौतारी समाचार
दैलेख, २०७४ कात्तिक २५ शनिवार । दैलेखमा यात्रुवस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजनाको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

प्रतिक्रिया