Bisal Chautari Logo

छोरी र दुई नातीनीको बन्चरो प्रहार गरी बिभत्स हत्या

- २५ कार्तिक २०७४, शनिबार ०६:२९ मा प्रकाशित


Killing the daughter
विशाल चौतारी समाचार
रोल्पा, २०७४ कात्तिक २५ शनिवार । बन्चरो प्रहार गरी छोरी र दुई नातीनीको विभत्स हत्या गरेका छन् । रोल्पा नगरपालिका–७ घापामा एक व्यक्तिले माइती आइकी छोरी र दुई नातिनीको विभत्स हत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ४० वर्षका लिलबहादुर पुन मगरले २५ वर्षीया छोरी पेवामती केसी र नातिनीहरु दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीको विभत्स हत्या गरेका हुन् ।
प्रहरीका अनुसार किन हत्या भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मानसिक सन्तुलन ठिक नभएका पुनमगरले शुक्रबार बेलुका खाना खाएर सुत्ने क्रममा छोरी र नातिनीहरुको हत्या गरेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार पुन पक्राउ परिसकेका छन् । मृतकहरुको शव पाष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ ।

 

प्रतिक्रिया